• २०८३ बैशाख ११ गते शुक्रवार

एकनाले भरुवा बन्दुक र शिशाको गोली सहित १ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, नवलपरासी(पूर्व) । प्रहरीले एकनाले भरुवा बन्दुक र शिशाको गोली सहित १ जनालाई पक्राउ गरेको छ । मध्यबिन्दु नगरपालिका(१० अधेरी खोलास्थित सडकबाट १ थान एकनाले भरुवा बन्दुक, १८ थान शिशाको गोली, ५४ ग्राम बारुद र १६ थान पटका सहित सोही नगरपालिका पोखरीताल बस्ने ४२ वर्षीय दल बहादुर थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लु.२८ प ५४४५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस