• २०८३ बैशाख ९ गते बुधवार

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, रौतहट । प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । ईशनाथ नगरपालिका-१ बन्जरा टोल बकैया बाधबाट स्रोत नखुलेको १ लाख ८३ हजार ५ सय भारतीय रुपैयाँ सहित गौर नगरपालिका-४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी लगायत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३९ प १६९१ नम्बरको मोटरसाइकललाई सिमा प्रहरी चौकी बन्जराहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस