श्रावण ४, काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन् । आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताउदै उनले भने, ‘हतारिएर किन राजीनामा दिएको रु सल्लाह गर्नुपर्ने ।

अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस् ।’ पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले हप्काएर पठाएपछि रावलले सांसद पदबाट राजीनामा दिएको अध्यक्ष ओलीले बताए ।