• २०८३ जेष्ठ १६ गते शनिवार

सेवातर्फ स्वास्थ्य सचिवका लागि तीनजनाको नाम सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तीका लागि तीनजनाको नाम मन्त्रिपरिषदमा पठाइने भएको छ ।लोकसेवा आयोगका अध्यक्ष, मुख्य सचिव, सामान्य प्रशासन र कानुन मन्त्रालयका सचिवसहितको सिफारिस समितिले तीनजनाको नाम पठाउन सिफारिस गरेको हो ।

स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२ औँ तहका प्रमुख विशेषज्ञहरु डा।रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरिएको हो । आज साँझ बस्ने मन्त्रिपरिषद बैठकले नाम पठाइएका तीन जनामध्ये एक जनालाई स्वास्थ्य सेवातर्फको सचिव नियुक्त गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस