• २०८३ जेष्ठ २ गते शनिवार

प्रधानमन्त्रीद्वारा अमेरिकाले दिएको जोनसोन खोप अभियान शुभारम्भ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, काठमाडौँ । अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोनसन एण्ड जोनसन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रबाट खोप अभियान सुरु गर्नुभयो । उहाँले खोप सहज रुपमा लगाउने प्रबन्ध गर्न निर्देशन दिनुभएको छ । खोप लगाउनका लागि काठमाडौंमा विभिन्न ४४ वटा खोपकेन्द्र तोकिएको छ ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउनेछन् । यस्तै अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ । यो खोप साउन ६ गतेसम्म जोन्सनको खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस