श्रावण ४, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।

च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा केन्द्रीय कमिटीको १४औँ बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।