• २०८३ बैशाख ७ गते सोमवार

मौन अवधिमा मत माग्नु आचारसंहिता विपरीत: निर्वाचन आयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौँ। निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मेदवार रामबहादुर थापा बादलको पक्षमा विज्ञप्ति निकालेर मत मागेको दिन आयोगले यस विषयमा चासो देखाएको हो ।

वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ । निर्वाचन आचार संहिताअनुसार मौन अवधिमा उम्मेदवारको पक्षमा मत माग्नु आचारसंहिता विपरीत हुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस