• २०८३ बैशाख १६ गते बुधवार

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं। काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने यादव मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने धादिङ निलकण्ठ नगरपालिका-११ घर भएका ६० वर्षीय कृष्ण बहादुर लम्साल लगायत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९१ हजार १ सय ५० रुपैयाँ र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस