• २०८३ बैशाख ४ गते शुक्रवार

एमाले कार्यदलको बैठक साँझ ७ बजे बस्दै, कार्यदलको समय आज सकिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक बुधबार साँझ ७ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा कार्यदलको कार्यविधि,आचारसंहिताबारे छलफल हुने छ ।

कार्यदलको पहिलो बैठक मंगलबार बसेको थियो। बैठकले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गरेको छ । पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए।

कार्यदलमा केपी ओलीका तर्फबाट कार्यदल संयोजक सुवास नेम्वाङ, माधव नेपालका तर्फबाट कार्यदल संयोजक भीम रावल र सदस्यहरुमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे छन्। तीन दिनको समय पाएको कार्यदलको समय आज सकिँदैछ।

Sharing

प्रतिक्रिया दिनुहोस