जेठ ५, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिव ५ बजेर ४४ मिनेट जाँदा काठमाडौंमा भूकम्पको झड्का महशुस गरिएको हो ।
लमजुङ केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो । भुकम्पका कारण के कति क्षति भयाे भन्ने विवरण भने आउन बाकि नै छ ।