• २०८३ बैशाख १५ गते मङ्गलवार

मोरङमा अशक्त महिला बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मोरङ, १४ मंसिर । मोरङमा शारीरिक तथा मानसिक रूपमा अशक्त महिला बलात्कृत भएकी छिन् । शनिबार रंगेली नगरपालिका ५ बहुवानकी ३५ वर्षीया महिला बलात्कृत भएकी हुन् ।

उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले सुरेन्द्र मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । महिला एक्लै भएको मौका पारी मण्डलले उनीमाथि बलात्कार गरेका थिए । खबर पाएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले मण्डललाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस