बैशाख ६, नयाँदिल्ली । राजधानी नयाँदिल्लीमा सोमबार रातिदेखि लागू हुने गरी एक साताको लागि लकडाउन घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अर्को सोमबार बिहानसम्म लकडाउन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
पछिल्लो समय निरन्तर कोरोना संक्रमण बढेको भन्दै केजरीवालले सर्वसाधारणलाई यो लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।