• २०८३ असार ९ गते मङ्गलवार

राप्ती सोनारीमा आगलागी हुँदा खुनाको घर गोठ जलेर पुरै नष्ट

कृष्ण चौधरी पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ०६, बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ खोकरी निवासी बलिराम खुनाको घर गोठमा गएराति आगलागी भएको छ । रातिको करिब १०:३० बजेतिर खुनाको घरमा अचानक लागेको आगोले धनमाल र गोठमा रहेका बाख्रा, अन्न बाली तथा काठहरु जलेर पुर्ण रुपमा क्षति छ ।

आगो कसरी लागेको हो भन्ने बारेमा अझै केही खुल्न सकेको छैन । उक्त आगलागीबाट खुनाको नगद ६४,००० हजार सहित ५ लाख बराबरको क्षति भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस