चैत ६, बैतडी । बैतडी दोगडाकेदार गाउँपालिका-७ का वडाध्यक्ष भरत महरा एकजना महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई शुक्रबार बिहान ३ बजेतिर स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको हो ।
उनीहरु दुवैजना कोठामा रहेको भन्ने जानकारी वडाअध्यक्ष महराकी श्रीमतीले पाएपछि प्रहरीलाई खबर गरेकी थिइन् । शङ्कास्पद भेटिएका दुवैजनालाई जिल्ला ल्याउन लागिएको र अहिले नै सबै कुरा भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।