• २०८३ बैशाख २१ गते सोमवार

स्थानीयहरु बिमारी हुन थालेपछी घोराही सिमेन्ट विरुद्ध अदालतमा मुद्दा दर्ता

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

चैत ६, दाङ । घोराही सिमेन्ट उद्योग प्रभाबितहरुले उच्च अदालत तुलसीपुरमा विहीबार रिट दायर गरेका छन् । घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा पर्ने घोराही सिमेन्ट प्रालि विरुद्ध भरत देवकोटा सहित १ जनाले बिभिन्न माग राखि उच्च अदालत तुलसीपुरमा विहीबार रिट दायर गरेका हुन ।

देवकोटाका अनुसार धुलो, धुवा, धुवानी प्रदूषण रोक्नुपर्ने, नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर र प्रदुर्षणजन्य कुनै पनि कार्य गर्न नहुँने, उद्योग तथा कलकारखानाहरु प्रचलित कानुनको दायरामा रही सञ्चालन हुनुपर्ने, उद्योग सञ्चालनको क्रममा निस्कने फोहोरजन्य पदार्थको समुचित रुपमा व्यबस्थापन गर्ने गराउनु पर्ने, उद्योग क्षेत्र भित्र र वरपर रहेको वातावरण परीक्षण संयन्त्रको तत्काल व्यबस्थापन गर्नुपर्ने लगायतका माग राख्दै रिट दायर गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस