• २०८३ जेष्ठ १७ गते आइतवार

मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, सुनसरी । मोटरसाईकल चोरीमा संलग्न रहेको आभियोगमा २ जनालाई इनरुवा नगरपालिका-२ स्थित सडकबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गढी गाँउपालिका-१ बस्ने २० वर्षीय महमद सुभान र १९ वर्षीय महमद असफर रहेका छन् ।

उनीहरूले इनरुवा नगरपालिका-१ शान्ति चोकमा पार्किङ गरी राखेको रामधुनी नगरपालिका-७ बस्ने कुल बहादुर बस्नेतको नाममा दर्ता भएको को.१४ प ९० नम्वरको मोटरसाईकल चोरी गरी लैजाँदै गर्दा इनरुवा नगरपालिका-२ नजिक सार्वजिक बाटोमा गाईलाई ठक्कर दिई दुर्घटना भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले मोटरसाईकल सहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस