• २०८३ बैशाख १६ गते बुधवार

सुरेन्द्र महर्जन स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन तथा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फागुन ७, काठमाडौं । शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री माननीय कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरेन्द्र स्मृति प्रतिष्ठानको कार्यालय उद्घाटन तथा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरी, चन्द्रागिरि नगर प्रवक्ता हरि भक्त महर्जन, चन्द्रागिरि नगरपालिका वडा न. १३ का अध्यक्ष बाल मुकुन्द बिडारी लगायतको उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरपालिका वडा न.१४ नयाँ नैकापमा अवस्थित सार्बजनिक जग्गामा गैरकानुनी रुपमा बन्दै गरेको भौतिक संरचना विरुद्ध र सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने आवाज उठाएका युवा सुरेन्द्र महर्जनको गैरकानुनी तवर निर्माण भैइहेको भवन निरीक्षण गर्न जाने क्रममा नजिकै रहेको हाईटेन्सन लाईनमा परि २०७७ साउन १९ गते मृत्यु भएको थियो ।

मृतक परिवारलाई क्षतिपूर्ति स्वरुप चन्द्रागिरि नगरपालिका वडा नम्बर १४ बाट ५ लाख र नगरपालिकाको तर्फबाट ३ लाख गरी जम्मा ८ लाख बराबर को चेक हस्तान्तरण गरिएको थियो । मृतक परिवारको तर्फबाट प्रतिष्ठानलाई निरन्तर रुपमा सामाजिक कार्यमा क्रियाशील बनाउनका लागि नगद ३ लाख प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ।

सुरेन्द्र महर्जन स्मृति प्रतिष्ठान चन्द्रागिरी नगरपालिका कै पहिलो स्मृति प्रतिष्ठान रहेको र यस प्रतिष्ठान ले आगामी दिनहरुमा विभिन्न योजनाहरु बनाई समाजमा रचनात्मक तथा सृजनात्मक कार्यहरु बनाई आगाडी अगाडि बढ्नुपर्ने एवम् चन्द्रागिरी नगरपालिका भित्र मात्र नभई देशभरी कार्य विस्तार गरि काम गरेमा स्थानीय सरकार र केन्द्रिय सरकारको प्रतिष्ठानलाई सधै साथ रहने कार्यक्रमका प्रमुख अतिथी शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस