• २०८३ जेष्ठ १६ गते शनिवार

थबाङ गाउँपालिकाको ८ औ हिउदे गाउँसभा सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ०७ , रोल्पा । थबाङ गाउँपालिकाको ८ औँहिउदे गाउँसभा सम्पन्न भएको छ ।थबाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न ८ औँ गाउँसभाबाट विभिन्न आयोजनाहरुको संशोधन भएको छ भने थबाङ गाउँपालिका घर निर्माण अनुमति प्रक्रियाको विधेयक २०७७ पारित भएको छ ।

गाउँपालिका उपाध्यक्ष रामकिरणी रोकाले संशोधित आयोजनाहरुको सुची प्रस्तुत गर्नु भएको थियो भने थबाङ गाउँपालिका घर निर्माण अनुमति पक्रियाको विधेयक २०७७ को कार्यपालिका सदस्य पुनबहादुर वि क ले प्रस्तुत गर्नुभएको थियो ।

८औ गाउँसभाबाट थबाङ गाउँपालिका वडा नं १ को दाङजा मोटरबाटो मर्मत निर्माण आयोजनालाई संशोधन गरेर चिटिबाङ मिनिग्रिड निर्माणमा लागत सहभागिता, वडा नं २ को डस्बिन खरिद योजनालाई टोल विकास संस्था गठन र सरसफाई समाग्रीवितरण, वडा नं ५ को तेराङगी मोटरबाटो आयोजनालाई संशोधन गरेर घोरेटो बाटो निमार्ण लागयतका १४ वटा आयोजनाहरुको रकमान्तर गरिएको छ ।गाउँसभामा जनप्रतिनिधी, कर्मचारी, स्थानिय, सुरुक्षाकर्मी लागयतको उपस्थिती रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस