• २०८३ जेष्ठ ७ गते बिहिवार

विप्लव समूहका दुई नेता पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, बुटवल। प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी छन् ।

विप्लव समूहसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले पक्राउ परेका नेतामाथि अनुसन्धान भइरहेको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस