फागुन ७, काठमाडौँ। राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला हिंसा न्युनिकरणका लागि पीडकलाई तिरस्कार गर्ने र पीडितको सहयोगका लागि समाज एकजुट हुनुपर्ने बताउनुभएको छ ।
हालसम्म पीडक खुल्ला रुपमा हिड्न पाउने, उसले संरक्षण पाउने र जो पीडित हो, उसैले दुःख पाउने परम्पराको अब अन्त्य हुनुपर्छ–उहाँले भन्नुभयो । साथै महिला आर्थिक सशक्तिकरण तथा हिंसाबारे सचेतनामुलक कार्यक्रमलाई व्यापकता दिनुका साथै मनोसामाजिक रुपमा समाजलाई सबल बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको छ । महिलामाथि हुने सबै प्रकारका भेदभाव उन्मुलन महासन्धी –९सिड० पक्ष राष्ट्र भएकोले सिड महासन्धी, हिंसा, विभेद विरुद्धको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनमा आयोगले चरणबद्ध कार्यक्रम गरिरहेको पनि बताउनुभयो । विभेद, हिंसा विरुद्धको कानुन रहेको जानकारी हुँदा पनि सामाजिक विचलन तथा मनोसामाजिक समस्याले गर्दा पनि समाजमा हिंसा बढ्दै गएको उहाँले बताउनुभयो ।
आफुले आयोगका अध्यक्षका रुपमा सपथ ग्रहण गरेकै दिन बैतडीमा भएको अकल्पनीय घटना ९भागरथीको हत्या प्रकरण०मा स्थलगत अनुगमन तथा सिफारिसले घटनाबारे अनुसन्धानका लागि तत्परता देखाउन महत्वपूर्ण योगदान पुगेको पनि बताउनुभयो । आयोगका आयुक्त कृष्णकुमारी खतिवडाकोे संयोजकत्वयमा समति गठन गरी आयोगले गृहमन्त्रालयमा उक्त घटनाको बारेमा प्रतिवेदन समेत बुझाइसकेको जानकारी गराउँदै उहाँले कानुन अनुसार पिडकलाई कडा कारवाहही हुनेमा विश्वस्त रहेको समेत बताउनुभयो ।
कार्यक्रममा सिड कमिटीका सदस्य बन्दना राणाले महिलामाथि हुने सबै प्रकारका विभेद विरुद्धको महासन्धी –सिड बारे प्रष्ट पार्नुभएको थियो । महासन्धीमा भएका सकारात्मक विभेदसहित समानताको वकालत गर्ने ३० वटा धारामध्ये पनि महत्वपूर्ण १६ वटा धाराले व्याख्या गरेको वा निर्धारित व्यवस्थालाई नेपालमा कार्यान्वयनमा ल्याउन सबैले तत्परता देखाऔं, भन्नुभयो ।
कार्यक्रममा सिड अन्तरगत नेपालको छैठौं आवधिक प्रतिवेदनको निष्कर्ष टिप्पणीबारे विभिन्न निकायमा कार्यरत प्रहरी पदाधिकारी र कानुन व्यवसायीबीच व्यापक छलफल भएको थियो ।कार्यक्रममा सहभागीहरुले बालबालिकालाई हुर्काउदादेखि नै घर र स्कुलमा समानताको व्यवहार गर्नुपर्नै, महिला-पुरुषबीच घरमा कामको बाँडफाड गर्दै समानता तथा सकारात्मक विभेदको वातावरण घरमै सृजना गर्नुपर्नेमा जोड दिएका थिए ।