माघ ६,काठमाडौँ। आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सयले बढ़ेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ भने यस्तै तेजावी सुन तोलामा ९१ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोला १५ रुपैयाले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।