• २०८३ बैशाख १७ गते बिहिवार

तराई भागमा बाक्लो हुस्सु र कुहिरो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ६ ,काठमाडौँ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले अधिकांश क्षेत्रमा आंशिक देखि सामान्य बदली हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।

मंगलबार राति पनि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। यस्तै प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका मंगलबार राति एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ। ‘देशको विभिन्न भूभागहरुमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका केही भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु् र कुहिरो समेत लागेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस