माघ ६, काठमाडौँ। काठमाडौँको कलङ्की, खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीलका अनुसार जाडो छल्न आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर मृत्यु भएको हो ।
हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको र खड्काको छाती, पेट र ढाड पुरै जलेको छ । घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए । थाहा पाउँदा खड्काको मृत्यु भइसकेको पाइएपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए ।