• २०८३ बैशाख २६ गते शनिवार

तेह्रथुममा गोरुले कुल्चिँदा एक महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ पन्चकन्यामा बिहीवार दिउँसो करिब ३ बजे गोरुले एक महिलालाई कुल्चिँदा मृत्यु भएको छ । घरमै घाम ताप्दै बसिरहेको बेला बिक्रीका लैजाँदै गरिएको गोरुले एक्कासी कुल्चिदा ८८ बर्षाका भुवानिमाया लिम्बूको मृत्यु भएको हो ।

मृतक लिम्बुको शवलाई पोस्टमार्टमका लागि धनकुटा पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस