• २०८३ बैशाख ८ गते मङ्गलवार

ट्याक्टर दुर्घटना : २३ जना घाइते, दुईको अवस्था गम्भीर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, धनुषा । भारतीय दर्शनार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा धनुषामा २३ जना घाइते भएका छन्। धनुषाको विदेह नगरपालिका ७ बेलापट्टी स्थित भारतीय दर्शनार्थी बोकेर कमलामा भूत मेला हेर्न जाने क्रममा ट्याक्टर दुर्घटना हुँदा २३ जना घाइते भएका हुन्।

घाइते हुनेमा अधिकांशलाई चोटपटक लागेको छ भने दुई जना गम्भीर अवस्था भएकालाई जनकपुरधाम स्थित प्रादेशिक अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। घाइते हुनेमा भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला थाना बरियार बेला सिरसियाका सबै नागरिक हुन्। सिमावर्ती क्षेत्रबाट पूर्णिमाको कमला नदीमा नुहाउन जान लागेको बेला दुर्घटना भएको हो। बिहीबार पौने चार बजे ज अ प म २०७ नम्बरको ट्याक्टर पल्टिएर २३ जना घाइते भएका प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस