• २०८३ जेष्ठ १८ गते सोमवार

बस दुर्घटनाका गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कात्तिक १, नुवाकोट। नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ ।

नुवाकोटको किस्पाङ गाँउपालिका-५ मा आज भएको बस दुर्घटनामा घाइतेहरुको उद्धार गर्दै । भाल्चेबाट काठमाडौ जादै गरेका बा.४ ख ५७६२ नं.को बस दुर्घटना हुदाँ ३८ जना घाइते भएका छन । त्यसमध्ये आठजनाको अबस्था गम्भीर छ ।

किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हुदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ ।

बसले नियन्त्रण गुमाउन थालेसँगै छतमा यात्रा गरिरहेका हाम्फाल्दा टाउको र खुट्टामा चोट लागेको छ । बसको ब्रेक नलागेपछि चालकले विपरीत दिशातर्फ मोडेर बसलाई नालीमा अड्काएका कारण ठूलो क्षति हुनबाट जोगिएको किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्रबहादुर लामाले बताउनुभयो ।

दुर्घटनाको समयमा उक्त बसमा ५० जना भन्दाबढी यात्रु रहेको र उनीहरु दसैँ मनाएर काठमाडौँतर्फ जान लागेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस