असोज २, काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा सुनीता बराल चयन भएकी छन् । आज बसेको केन्द्रीय सचिवालयको बैठकले बराललाई अध्यक्ष चयन गरेको हो ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने, उपाध्यक्षमा कल्पना वाइवा, निशा अधिकारी, प्रेम पाण्डे, मोती विक र महासचिवमा समिक बडाल चयन भएका छन् । अध्यक्ष ऐन महरसहित पदाधिकारीले भने विद्यार्थी संगठनबाट विदा लिएका छन् ।