असोज २, मुगु । कर्णालीको हिमाली जिल्ला मुगुमा दशैको मुखमा खाद्यान्न अभावको सुरु भएको छ । यो वर्षको दशैंको मुखमा मुगुमा खाद्यन्न अभाव हुने देखिएको छ ।

जिल्लामा भएका खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका सबै डिपोहरुमा खाद्यन्न मौज्दात उचित मात्रामा नरहे पछि मुगुका सबै डिपो कार्यालय तथा विक्रि केन्द्रहरु रित्तीनुका साथै शाखा केन्द्र गमगढी बजारमा पनि खाद्यान्नको अभाव सुरु भएको हो । जिल्लामा रहेका पुलु डिपोकेन्द्र, सोरुकोट डिपोकेन्द्र, श्रीकोट डिपोकेन्द्र रातापानि बिक्रि केन्द्र र कालै बिक्रि केन्द्र गरि ५ वटा डिपो तथा विक्रि केन्द्रमाअसार महिना देखि हाल सम्म रित्तै भएका हुन ।
डिपो केन्द्रहरुमा ठेक्का प्रक्रियाको लागि टेण्डर प्रक्रिया भईरहेको र अहिले टेण्डर प्रक्रिया पनि अन्तिम चरणमा पुगेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुले जानकारी दिएको छ । डिपो केन्द्र बाट वितरण भईरहेको चामल आजभोलि सकिए पछि ति डिपो कार्यालय रित्तै भएको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुका सुचना अधिकारी पुस्कर भामले बताए।
शाखा कार्यालय गमगढी बजारमा अहिले ६ सय क्विन्टल चामल मौज्दात रहेको छ । जसमा ३ सय क्विन्टल मोटा र ३ सय क्विन्टल जापानी चामल रहेको भामको भनाई छ । डिपो केन्द्रहरुमा चामल सकिए पछि र दशैंको शाखा कार्यालय मुगुमा चामल लिने सेवाग्राही दैनिकी भिड लाग्ने गरेको छ । सेवाग्राहीका अनुसार चामल पुर्याउन सकिएन दशै पनि नजिकिदै छ, दशैंसम्म चामल पुग्छ कि पुग्दैन भन्ने चिन्ता रहेको छ । अहिले दैनिकि रुपमा १ सय देखि २ सय सम्म सदरमुकाम लगायत टाढाटाढाबाट पनि आउने गरेको उनको भनाई छ । उहाँले भन्नु भयो “सदरमुकाममा आवश्यकता अनुसार स्थानीयलाई पुर्याउन सकिएको छैन ।”
संस्थानमा खाद्यान्न अभाव भए पछि बजारमा महंगो मोल हालेर चामल उपभोग गरिएका रहेका छन् । पछिल्लो समय यहाका स्थानीयले एक प्याकको चामल २ हजार देखि २५ सयसम्म हालेर खाने गरेको छायानाथ रारा नगरपालिका वडा नं १० का राजकलि विकले जानकारी दिए ।
शाखा कार्यालयमा चामल पनि प्रयाप्त नहुन र डिपो केन्द्रहरु पनि रित्तिए लगत्तै आजभोलL यहाFका स्थानीयहरु बजारको चर्कोमुल्यको चामल खान बाध्य भएका छन् ।
मुगुका स्थानीयले सहुलियत मुल्यको चामल पाएनन्
मुगुका स्थानीयले सहुलियत मुल्यको चामल पाएका छैनन् । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार जस्ता महान चाडपर्वको अवसर पारेर वितरण गर्दे आईरहेको सुपथ मुल्यको चामल नपाएकाहुन ।
मुगुमा हाल ६ सय क्विन्टल मात्र चामल गोदाममा मौज्दात रहेको र अभावका कारण मुगाली जनताले सो चामल नपाएका हुन । यदि यो चामल अहिले नै वितरण गर्न थाल्यौ भने दुई दिनमै शाखा कार्यालयको चामल स्वाहा हुने सुचना अधिकारी पुस्कर भामले बताए ।
खाद्य सुरक्षा समितिको निर्णय अनुसार मुगुमा सहुलियत मुल्यको चामल अहिले नै वितरण नगरेर असोज महिनाको १५ देखि २० गते भित्रको समयमा वितरण गर्ने कार्यालयले जानकारी दिएको छ ।