• २०८३ जेष्ठ २ गते शनिवार

नेपालगन्ज प्रहरीद्वारा चोरी मोटरसाइकल धनीलाई फिर्ता

 सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

भदौ २, बाँके । नेपालगन्ज प्रहरीले चोरीको मोटरसाइकल फेला पारी मोटरसाइकल धनीलाई फिर्ता गरेको छ । नेपालगन्जको फुलटेक्रा-६ निवासी फन्दु थारुको भे ३ प ७७७१ नम्बरको मोटरसाइकल साउन २६ गते नेपाल बैंक अगाडी पार्किङ गरेको ठाउँबाट चोरी भएको थियो ।

मोटरसाइकल चोरी भएपछि खोजीका लागि थारूले प्रहरीमा उजुरी दिएका थिए। उजुरीपछि वडा प्रहरी कार्यालय नेपालगन्जले खोजतलास गर्दा नापी कार्यालय नजिकै २९ गते साँझ वेवारिसे अवस्थामा फेला पारेको नेपालगन्ज प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिए ।

उक्त मोटरसाइकल सम्बन्धित धनि फन्दु थारुलाई फिर्ता गरिएको प्रहरी प्रमुख खड्काले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस