श्रावण ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओलीको अघिल्लो सरकारका राम्रा कामलाई निरन्तरता दिने बताउनुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री देउवाले ओली सरकारका राम्रा कामलाई निरन्तरता दिने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले सर्वोच्च अदालत पुनर्स्थापना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेकोसमेत बताउनुभयो । देउवाले सत्तापक्ष र प्रतिपक्ष सहकार्यका आधारमा अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राजनीति दल एकअर्काका शत्रु नभएकाले सबैले मिलेर राम्रो काम गर्नुपर्ने बतोनुभयो ।