• २०८३ बैशाख ५ गते शनिवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, पर्सा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ठोरी गाउँपालिका-५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सुनिलकुमारले ती बालिकालाई गत असार २८ गते दिउँसो आफ्नै नाबालक छोराहरूसँग खेल्न आएको मौकामा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीउपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस