• २०८३ बैशाख ३ गते बिहिवार

जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसदले मत नदिएपनि देउवाको पक्षमा बहुमत पुगेको छ ।


यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस