माघ २६,काठमाडौँ । नेपाल प्रहरीका जनपद तर्फका १ सय ३ प्रहरी हवल्दार प्रहरी सहायक निरिक्षक (असई)मा बढुवा भएका छन् । प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट माघ २३ गते प्राविधि प्रहरी समूह अन्तर्गत ईन्जिनियरिङ उप-समूह, सञ्चारतर्फको प्रहरी हवल्दारको बढुवा भएको हो । माघ २३ गतेकै प्रहरी अतिरित्त महानिरीक्षक स्तरीय निर्णयबाट ८८ जना प्रहरी सहायक निरिक्षकको सरुवा पनि भएको छ ।








