• २०८३ जेष्ठ २८ गते बिहिवार

तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३, काठमाडौं । काठमाडौं महानगरपालिका-२१ भोटेवहाल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका ४३ वर्षीय राज कुमार नगरकोटीको कोठामा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-२२ सुन्धार बस्ने २७ वर्षीय मिलन बहादुर मगर लगायत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख ३० हजार ६ सय रुपैयाँ र ११ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु चमती कल्याणनगरस्थित कमल बम मल्लको ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ बस्ने माधव महत लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टहरोमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३८ हजार ४ सय ४५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस