• २०८३ बैशाख ५ गते शनिवार

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनीबाट ढुम्बातर्फ जांदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । सदरमुकाम जोमसोमबाट ठिनी हुँदै ढुम्बातर्फ जाँदै गरेको ट्रक ठिनी खोलाको अस्थायी पुलमा आज बिहान दुर्घटना भएको हो ।

ट्रक दुर्घटनामा परि गोकुलगंगा गाउँपालिका–१, रामेछापका का ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र २६ वर्षीय मनिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरिक्षक आशिष अधिकारीले बताउनुभयो । उहाँका अनुसार ढोरपाटन नगरपालिका–५ बागलुङका २२ वर्षीय सुनिल घर्ति, २५ वर्षिय लुद्रबहादुर कामी, पर्वत जिल्लाको जलजला गाउँपालिका–४ का १८ वर्षीय दिनेश दर्जी, ओखलढुङ्गा जिल्लाको खिन्चीदेम्बा गाउँपालिका–७ का २९ वर्षीय दावा शेर्पा र नवलपरासीको त्रिवेणी गाउँपालिका–३ का शिवराम ठाडा घाइते भएका छन् । घाइते सबै जनाको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस