• २०८३ साउन २९ गते शुक्रवार

कोभिड विरुद्धको लडाईमा मेगा बैंकको साथ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, कास्की । कास्कीको लेखनाथमा सञ्चालनमा आउन लागेको कोभिड डेडिकेटेड हस्पिटललाई मेगा बैंकले साथ दिएको छ । पोखरा महानगरपालिका र लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको अग्रसरतामा हस्पिटल सञ्चालनको तयारी भइरहेको हो ।

सय बेड क्षमताको हस्पिटलका लागि बैंकको तर्फबाट १० बेड सहयोग गर्ने सहमति भएको बैंकका निर्देशक मदन आचार्यले जानकारी दिनुभयो । १० बेडका लागि ३ लाख ५० हजार रुपैयाँ बैंकले सहयोग गर्नेछ । बैंकका प्रमोटर तथा लायन्स डिष्ट्रिक्टका पूर्व गभर्नर धनराज आचार्यको पहलमा सहयोग प्राप्त हुन लागेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस