चैत ५, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले चार महिनामा ठूलो संख्यामा फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ । काठमाडौं परिसरको कमाण्ड सम्हालेको ४ महिना नबिदैं एसएसपी अशोक सिंहले ७२५ जना फरार अभियुक्त पक्राउ पर्न सफल भएका हुन ।
२०७७ मंसिर ८ गतेदेखि एसएसपी सिंहले काठमाडौं परिसरको कमाण्ड सम्हालेका हुन्। परिसरको कमाण्ड सम्हालेलगत्तै सिंहले विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई खोजेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता समेत दिएका थिए । ४ महिनामा मात्र ७२५ फरार अभियुक्तलाई पक्राउ गर्न काठमाडौं प्रहरी टिम सफल रहेको काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिंहले खबर24नेपाल डटकमलाई जानकारी दिनुभयो । पक्राउ पर्नेमा अधिकांश लागुऔषध कारोबारी र ज्यान मुद्दाका फरार अभियुक्तहरु रहेका छन। पक्राउ परेका अभियुक्तहरुको साथबाट मात्र ७ करोढ ३१ लाख ७८ हजार ३सय ८६ रुपैयाँ राजस्व उठेको एसएसपी सिंहले जानकारी दिनुभयो ।
काठमाडौं प्रहरी परिसरले ४ महिना अवधिमा ६२६ वटा मोबाइल र २ हजार ६१० थान मोबाइलको ब्याट्री साथै मोबाइल चार्जर १६५ थान बरामद भएको परिसरका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभएको छ ।प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार बरामद मोबाइल, ब्याट्रको र चार्जरको बजार मूल्य अन्दाजी ४६ लाख ५० हजार रहेको बताउनुभयो ।
काठमाडौं प्रहरीले ४ महिना अवधिमा अबैध हुण्डी कारोबार गर्ने १७ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नतले जानकारी दिनुभयो । अबैध हुण्डी कारोबारिको साथबाट २ करोड ६१ लाख ५२ हजार बरामद भएको एसपी बस्नेतले जानकारी दिनुभयो । साथै काठमाडौं परिसरले लागुऔषध कारोबारमा संलग्न ६३ जना पक्राउ गरेको छ । लागुऔषध कारोबारीहरुको साथबाट ७ लाख ९५ हजार मूल्य नगद बरामद भएको एसपी बस्नेतले जानकारी दिनुभयो ।
महानगरीय प्रहरी कार्यालय काठमाडौं परिसरको नेतृत्व सम्हालेको ४ महिनामा प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले काठमाडौं उपत्यकाको शान्ति सुरक्षा सुदृढ पार्ने, आमनागरिकमा प्रवाह गरिने सेवा निष्पक्ष, पारदर्शी, छिटो छरितो एवं सहज तुल्याउने र प्रहरी कर्मचारीको सुविधा अभिबृद्धि गर्ने अभियान एक साथ शुरुआत गर्नुभएको छ। हरेक प्रहरी कार्यालयमा आम नागरिकको सुबिधाका लागि प्रहरी सहजकर्ताको व्यवस्थाले एकातर्फ प्रहरी सेवा प्रवाहमा चुस्तता आएको छ ।