चैत ५, गुल्मी । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीलो धुर्कोट गाउँपालिका-५ बस्ने ३६ वर्षीय विष्णु बहादुर सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विष्णु बहादुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।