चैत ५, काठमाडौं । नेपाल हुँदै भारत पुगेका दुई जना चिनियाँ सिलिगुरीस्थित बागडोग्रा विमानस्थलबाट पक्राउ परेका छन् । यात्राका लागि आवश्यक कागजात पनि नभएका उनीहरुसँग नक्कली आधरकार्ड रहेको पाइएको छ ।

उनीहरु चीनबाट काठमाडौं आएका थिए । काठमाडौंबाट आन्तरिक उडानमार्फत भद्रपुर पुगेका थिए । त्यहाँबाट नेपाल-भारत सीमा क्षेत्रमा नक्कली आधरकार्ड देखाएर भारत प्रवेश गरेका थिए । उनीहरु त्यहाँबाट हैदराबादका लागि विमान चढ्ने तरखरमा भए पनि उनीहरुमाथि शंका लागेपछि बागडोग्राबाट सीआईएसएफको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।