• २०८३ असार ५ गते शुक्रवार

अपहेलना मुद्दामा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरूद्ध सर्वोच्च अदालतमा परेको अपहेलनासम्बन्धी मुद्दा खारेज गर्नुपर्ने माग गर्नु भएको छ । बिहीबार सर्वोच्चमा पेस गरेको लिखित जवाफमा प्रधानमन्त्रीले आफूले अदालतको मानहानी नगरेको जिकिर गर्दै आफूले बोलेका कुरामा फूलबुट्टा भरेर मुद्दा हालिएको दाबी गर्नु भएको हो ।

‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण छ,’ प्रधानमन्त्रीले भन्नु भएको छ । । हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेको भन्दै उनले यो आपत्तिजनक भएको बताउनु भएको हो ।

उहाले सम्मानित अदालतप्रति उच्च सम्मान रहेको बताउदै न्यायपालिकाको स्वतन्त्रता र कानूनको शासन लोकतन्त्रका प्रमुख आधारस्तम्भ रहेकाले संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित रहेको बताउनु भएको हो ।

हेर्नुहोस पुर्ण पाठ

Sharing

प्रतिक्रिया दिनुहोस