• २०८३ जेष्ठ १६ गते शनिवार

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, गुल्मी। गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । बुधवार बेलुका रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा लु १ ज १९८८ नम्बरको जीप दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस