माघ ५, काठमाडौं। नेपालमा कोरोना भाइरसका ३२२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ६४४ जना सङ्क्रमित भएको जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा ३७४ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ८१८ जना सङ्क्रमित निको भइसकेका छन् । पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९६५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।