• २०८३ बैशाख ६ गते आइतवार

गगनजी, रास्ट्रपति संग हैन मेरो वडा सदस्य संग चुनाव लडेर देखाउनुस : विद्यासुन्दर शाक्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ५, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई रास्ट्रपति संग हैन महानगरपालिकाका वडा सदस्यसंग चुनाव लडेर देखाउन चुनौती दिएका छन। काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख शाक्यले थापाले केवल चर्चामा आउने उद्देश्ले जेपनि बोल्ने गरेको आरोप लगाएका हुन्।

काठमाडौं महानगरपालिका वडा नं ४ का सदस्य तथा नेकपा काठमाडौं ९४ का अध्यक्ष धुर्व त्रिपाठी तर्फ संकेत गर्दै उनले खाली ठुलो पदमा बसेका व्यक्तिलाई गाली गरेर चर्चा कमाउने ध्यान छोडेर वडामा आएर निर्वाचन लडी बिजयी बन्न चुनौती दिएका हुन। काठमाडौं महानगरपालिका र अन्य नगरपालिकामा भएका विकास र जनपक्षीय कामबाट डराएर गलत प्रचार वाजीको बाटो लिएकोमा दुख व्यक्त गर्दै उनले थापालाई जनमतको अशली परिक्षणका लागि मैदानमा आउन चुनौती दिएका हुन्। उक्त कार्यक्रममा बोल्दै प्रमुख शाक्यले कमल पोखरीलाई छठ पोखरी बनाउनु पर्छ भन्ने थापाको मागलाई आफुले अस्विकार गरेको जानकारी दिदै अहिले केवल चर्चाको लागि महानगर भन्दा पहिला संचार माध्यममा पत्र पठाएर नया नौटंकी गरेकोमा शाक्यले आक्रोस व्यक्त गरेका छन।

करिव १ वर्षसम्म कमल पोखरीका विषयमा सबै सरोकारवाला पक्षसंग आफुले निरन्तर छलफल र संवाद पश्चात निर्माण शुरु गरेको बताउदै प्रमुख शाक्यले अहिले आएर यस विषयलाई गलत तरिकाले प्रचारवाजी गर्नु आश्चर्यजनक रहेको धारणा राखेका छन। पहिला रानीपोखरी बनाउने क्रममा पनि धेरै विवाद सिर्जना गर्न खोजिएकोमा त्यसलाई चिरेर निर्माण सम्पन्न गरेको स्मरण गर्दै प्रमुख शाक्यले अहिले कमल पोखरी निर्माणमा देखिएका समस्या वास्तविक नभई प्रचारमुखी भएकोले यसले निर्माणमा असर नपुग्ने समेत विश्वास व्यक्त गरेका छन।

Sharing

प्रतिक्रिया दिनुहोस