• २०८३ बैशाख ८ गते मङ्गलवार

संसद विघटनसम्बन्धी मुद्दा:आज पनि संवैधानिक इजलासमा सुनुवाइ जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५ , काठमाडौँ। संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (सोमबार)पनि सुनुवाइ सुरू भएको छ । संसद विघटन अंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा दायर रिटमाथि निरन्तर सुनुवाइ आज पनि जारी रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सोमबार अधिवक्ता डा. दिनमणि पोखरेलले रिट निवेदकका तर्फबाट बहस सुरु गरेका हुन् । आइतबार चार जना अधिवक्ताहरुले रिट निवेदकका तर्फबाट नै बहस गरेका थिए तर मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । आइतबारको बहसमा संसद विघटनको मुद्दा संवैधानिक हो कि असंवैधानिक भन्नेबारेमा बहस हुनुका साथै न्यायाधीश र वकिलहरूबीच सवाल-जवाफ समेत चलेको थियो ।

सोमबार रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता पोखरेलले संविधानका धाराहरूको अपव्याख्या गर्न नहुने बताए । प्रधानमन्त्रीले गरेको संसद विघटनले संविधानको सदुपयोग भयो कि दुरुपयोग रु भन्दै उनले प्रश्न गरे । साथै उनले भने, ‘संविधानको उद्देश्य के थियो, संविधानको धारा ७६ र त्यसका उपधाराको मर्म के थियो रु राष्ट्रपति र प्रधानमन्त्रीले भनेजस्तो संसद विघटन अन्तर्राष्ट्रिय अभ्यास, प्रधानमन्त्रीको विशेषाधिकार नेपालको सन्दर्भमा छैन ।’

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस