• २०८३ बैशाख २१ गते सोमवार

स्थानीय तहको सहयोगमा बन्यो प्रशासनमा स्तनपान कक्ष र शौचालय

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

माघ ०५ मुगु । जिल्ला प्रशासन कार्यालय मुगुमा स्तनपान कक्ष र महिला पुरुष छुट्टा छुट्टै शौचालय स्थापना भएका छन् । जिल्लाका चार वटा स्थानीय तहले यि सेवा स्थापना गरेका हुन । प्रशासन कार्यालयमा कोही स्थानीय तहले पर्खात ठड्याईदिएका छन् त कोही स्थानीय तहले सेवाग्राहीको विश्राम कक्ष त टिभि पनि जडान गरि दिएका छन् । यसो भए पछि त सेवाग्राही लाई किन टेन्सन प्रशासन लाई पनि किन टाउको दुखाई सेवामा सहजै रुपमा विस्तार ।

विगतका दिनहरु भन्दा पछिल्लो समय प्रशासन कार्यालयमा सेवाग्राहीको पनि आर्कषणमा वृद्धि भएको छ । दिन भरि कुरुवा जस्तै कुर्नु पर्ने प्रशासनमा जिल्ला प्रशासन कार्यालय मुगुमा त्यस्तो समस्या चट भएको छ । कतै बालवालिका लाई खेल्न खेलौना त कतै सुत्केरी महिला लाई बस्ने स्तनपानकोे कक्ष ।

यि सबै समस्याको हल गर्न पुर्व प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको ठुलो पहल समन्वय सहकार्य रहेको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मुगु लाई स्तनपान कक्षको लागि स्थापना गर्न , ट्रस , सेवाग्राहीको लागि विश्राम कक्षको लागि खत्याड गाउपालिकाले ४ लाख २० हजारको लागतमा स्थापना गरिएको छ ।

त्यस्तै सोरु गाउपालिकाले डिजिटल बोर्ड , टिभि र वाटर डिस्पेन्सेरको लागि ३ लाख २० र मुगुम कार्मारोंग गाउपालिकाले महिला र पुरुषको छुट्टा छुट्टै शौचालय भवन र पर्खालको लागि ४ लाख ३७ हजार रकम सहयोग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताए । उनका अनुसार मुगुका स्थानीय तहले प्रशासन कार्यालय र मातहतका इकाइको पूर्वाधार, प्रविधि र स्रोत साधनमा गरेको सहयोगका कारण सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको उनको भनाई रहेको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुमा यसअघि हिंसा प्रभावित महिला तथा बालबालिकाको आश्रयका लागि कुनै पनि स्थानहरु स्थापना भएका थिएनन ।  सेवाग्राही र कर्मचारीलाई बच्चालाई स्तनपान गराउन समस्या भएको थियो । अब त्यो समस्या बाट अन्त भएको बताईएको छ । साथै कम्युटरको माध्यमबाट दैनिक रूपमा सेवाग्राहीको विस्तृत विवरण राखिने र सन्तुष्टिको मापनका लागि फारमसमेत भर्ने व्यवस्था मिलाइएको छ । स्तनपान कक्षबाट सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो, छरितो सेवा प्रवाह गर्नुका साथै बिचौलियाको सहायता लिनुपर्ने अवस्थाको अन्त्य गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस