• २०८३ बैशाख २० गते आइतवार

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २, पर्सा । अपहरण मुद्दाका फरार प्रतिवादी बहुदरमाई नगरपालिका-८ बस्ने ६५ वर्षीय बिनोद साह कानुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको २०६७ माघ २५ गते तथा पुनरावेदन अदालत हेटौंडाको २०६९ चैत १४ गतेको फैसलाले अपहरण मुद्दामा ९ वर्ष कैद र नगद ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ नगवाबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस