पौष २, मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक सुरक्षित खानेपानी बस्ति घोषणा भएका छन् । जिल्लामा रहेको एक मात्र छायानाथ रारा नगरपालिका अन्तर्गत देउवाडा नाउर , झापागाडा र चैन बस्तिमा पहिलो पटक सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएको हो ।

यि बस्तिहरुमा केही महिना अगाडी एक घर एक धारो निर्माण भए पश्चात पानीमा शुद्धताको परिक्षण गरि जिल्लामा रहेको सरोकारवाला निकाय स्थानीय तह , अनुगमन पश्चात विहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरि सो बस्तिहरुमा सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेको छ । युनिसेफ नेपाल , छाया नेपालको आर्थिक सहयोग , स्थानीय संस्था , हिमाली ग्रामिण युवा समाज विकास केन्द्र मुगुको सहजिकरणमा एक घर एक धारो निर्माण भई सुरक्षित खानेपानी सुलभ सरसफाई सेवाको बिस्तार नगरबासिको स्वास्थ्य र जिवन स्तरमा दिर्घकालिन सुधार भन्ने मुल नाराका साथ चार वटा बस्तिका ९५ घरधुरीका ५ सय २७ जना जनसंख्या समुदाय भित्रका विद्यालय स्वास्थ्य संस्थामा खानेपानीको पहुँच पुगि सरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हिरिसडेक मुगुले जनाएको छ । विगतका वर्षहरुमा यहाका स्थानीय लाई खानेपानी खान घण्टौको बाटौ पैदल गरेर खोला र नाउलाको पानी उपभोग गर्न बाध्य रहेका थिए ।
स्थानीय सरकार सञ्चालन भएको करिब ५ वर्ष पुग्न लागि सक्दा पनि गाउका सिंह दरवारले हामिहरुको खानेपानीको प्यास मेटाउन सकेनन् । जिल्लामा रहेको एक संस्थाले एक घर एक धारोको कार्यक्रमको थालनी गरे पछि घर आंगनमै पानी चुहिन थाले पछि पछिल्लो समय सफा सुग्गर स्वच्छता पानी उपभोग गरि रहेको छायानाथ रारा नगरपालिका वडा नं ५ का स्थानीय गणेश रावलले बताए ।
विहीवार गरिएको सुरक्षित खानेपानी घोषणा कार्यक्रममा उपस्थिती प्रमुख अतिथि विशेष अतिथि लगायत अन्य नागरिकहरुले काँसोका एक एक लोटामा पानी खाई सुरक्षित पानी उपभोग गर्यौ भनेर घोषणा पत्रमा हस्ताक्षर गरि सुरक्षित खानेपानीको घोषणा गरिएको हो ।
घर घरमा स्वच्छ खानेपानीका धारा बाट पानी खान पाउदा निकै हर्षित भएका छौ । विशेष गरेर हामि महिलाहरुले महिनावरी भएको समयमा वा अन्य घरायसि समयमा पानीको जोहो गर्न हाहाकार बेर्नु परेको थियो । खोला नाउला र दिशा पिसाव भएको पानी खाई आएका थियौ , अब आगनमै पानीको धारा आउन थाले पछि ति पिडाका दिन हटेको छायानाथ रारा नगरपालिका वडा नं ५ का नाउर बस्ने अर्को स्थानीय झुपा विकले बताईन ।
नगरपाकिका १४ वडाका विभिन्न बस्तिहरु मध्ये सबै भन्दा बढि खानेपानीको समस्या भएको हुदा छाँया नेपाल युनिसेफ नेपाल र हिरिसडेक मुगुको पहलमा एक घर एक धारो निर्माण गरियो निर्माण गरिएको एक वर्ष सम्म नियमित खानेपानी सञ्चालनमा आए पछि ३ पटक सम्म खानेपानीको परिक्षण गर्दा सुरक्षित रहेको र परिक्षण पश्चात खानेपानी उपभोग गर्न लायक गर्न मिलेको , नगरपालिका बाट सिफारिस गर्न अनुमति पाएको हुदा यि बस्तिहरुमा सुरक्षित खानेपानी युक्त गाउ घोषणा गरिएको छाँया नेपाल मुगुका जिल्ला संयोजक मिन बहादुर रावलले बताए ।
आगामि दिनहरुमा प्रत्येक घरमा रहेका शुद्ध खानेपानीका धाराहरु लाई दिर्घ कालिन रुपमा प्रयोग गर्न छायानाथ रारा नगरपालिकाका उपमेयर सुन्तला रोकायाले सुझाव दिनु भएको छ ।