• २०८३ बैशाख ८ गते मङ्गलवार

सन्तोषीमाताको दर्शन गरि दिनको सुरुवात गर्नहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

वि.सं. २०७८ पौष ०२ गते शुक्रवार तदनुसार ई. सं. २०२१ डिसेम्बर १७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११४२, (थिल्लाथ्व), नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:१० बजे, मार्गशीर्ष शुक्लपक्षको चतुर्दशी तिथि, (अहोरात्र व्याप्त), कृतिका नक्षत्र, दिउँसो ११:२४ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्टान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नुका साथै अध्ययन/अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्द्धामा विजयी भइने छ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ, आज । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापिताका साथमा चित्त नबुझ्न सक्छ । मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय दिनु राम्रो हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
गृहिणीले मानसिक तनाव, व्यापारीले घाटा, विद्यार्थीले अनावश्यक बखेडा र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । यात्रा घातक बन्नसक्छ, सचेत र सावधान भई ड्राइभिङ गर्नुपर्छ अनि लामो यात्रामा जानु हुँदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । स्वास्थ्यप्रति समेत सचेत रहनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । विपरीतलिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
तर्क, विवाद र झैझडामा दिलचस्पी दिनु हुँदैन । प्रतिस्पर्द्धात्मक समय छ । पेसागत वा व्यवसायिक जीवनमा चुनौतीको सामना गर्नुपर्ने छ । आर्थिक समस्याले तनाव उत्पन्न हुनसक्छ । ज्ञानगुन र पठनपाठनको क्षेत्रमा मन जाँदैन् । सहयोगी हातहरू पछि हट्न सक्छन्, आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । प्रणयसम्बन्धमा पनि चिसोपन देखिन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्नेछ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
घरायसी कामधन्दाका लागि खट्नुपर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । मनोरञ्जन र खेलवाडप्रति मनको आकर्षण बढे पनि इच्छा पूरा गर्न सकिंदैन । रोमान्स र प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज तृतीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छैन । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहनेछ ।साथीभाइ, इष्टमित्र वा घरपरिवारभित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस