• २०८३ बैशाख ९ गते बुधवार

भारतको केरलामा भीषण बाढी, पहिरो: १८ जनाको मृत्यु, दर्जनौं बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 असोज ३१, एजेन्सी । भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ ।

इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन् । कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो ।

पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई  तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए ।

बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ । पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ ।  अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ । एजेन्सी

Sharing

प्रतिक्रिया दिनुहोस