असाेज १, सुर्खेत । जिल्लाको ठाटीकाँध गाउपालिका २ का कलम विक सुर्खेतको व्यस्त सडक सुर्खेतमा भेट भयो । उनी ६ कक्षामा अध्यनरत विद्यार्थी हुन । कोरोनाका कारण स्कुल नखुल्ने र घरमा पनि घर खर्च जुटाउन हम्मे भयो भन्दै परदेश जादैछन् । गाउँमा बसेर पनि पढाइ खर्च जुटाउन हम्मे हम्मे हुन्छ प्रदेश गएर दुइचार पैसा कमाएर पढ्न फर्किनु पर्ला उनले भने ।

त्यस्तै ठाटीकाँध १ का उमेश विक कृष्ण मावि ठाटीकाँधमा कक्षा चारमा अध्यनरत विद्यार्थी हुन । उमेरले १४ वर्षको भए । उनले पढाइ छोडेको तीन वर्ष भयो । बुबासँगै विद्यालय छोडेर भारतको उत्तराखण्ड कामा श्रम गर्न गएका उनलाई न त पढ्न मन लाग्छ नत स्कुल जान नै । घरको आर्थिक अवस्था कमजोर,लामो समय भारत बसेर घर फर्किनु विद्यालय जान नसक्ने उनका प्रमुख कारण हुन् । विद्यालय जाउ भने कापि कलम किन्ने पैसा नभएको र पढ्न मन पनि नलाग्ने गरेको उन िबताउँछन् । ‘पढ्ने खर्च छैन,पढ्ने खर्च जुटाउन भारत नै जानुपछ पर्छ,‘उनले भने,‘पहिले बुबासँग भारत काम गर्न गए लामो समय उतै बसेर फर्किए । विचमा विद्यालय जान छुट्यो र फेरी कोरोनाले विद्यालय बन्द भए । अब त पढ्न पनि मन लाग्दैन बरु कतै जेसिबि,गाडी सिकेर चलाउने हो ।’
त्यस्तै आठविस नगरपालिका तिलेपाटाका पवन बडुवाल १९ वर्षको भए । उनीसँग सुर्खेतमा भेट भयो । दशै मनाउन घर फर्किदै थिए । गाडीको प्रतिक्षा गरिरहेका थिए । उनले पढाइ छोडेको चार वर्ष भयो । घरको आर्थिक अवस्था कमजोर भएकाले बिजैमा विद्यालय छोडेर परदेर जानुप¥यो । लामो समय परदेश बसेकै कारण विद्यालय जान मन नलागेर विद्यालय जान छोडेको उनी बताउँछन् । घरको जेठो छोरा परे त्यस्मै घरको आर्थिक अवस्था कमजोर,‘त्यहि भएर पढाइ छोडेर परदेस गएर आज घर फर्किदै छु ।’
यता ठाटीकाँध गाउँपालिका १ खातीगाउँका लोग्या विक पढाइ खर्च जुटाउनकै लागि १३ वर्षको उमेरमै परदेश छिरे । उबेला उनी चार कक्षामा पढ्दै थिए । पढाइ खर्च जुटाउने धन ल्याउँला भन्दै परदेश गएका उनी उल्टै अपाङ्ग बनेर फर्किए । उनी अपाङ्ग बनेर घर फर्केको अहिले पाँच वर्ष भयो । नत उनले उपचार खर्च जुटाउन सकेका छन् नत पढाई नै । बाँसको सहारा बनाएर उभिन्छन् उनी अहिले । कापि कलम किन्ने पैसा कमाउला भनेर भारत गए उतै काम गर्ने बेला माथिबाट खसेको ढुङ्गाले टाउको र खट्टामा लाग्दा अहिले अपाङ्ग भएर बसेको उनी बताउँछन् । घरमा खाली बसेर पनि के गर्नु नत पढाइ नै छ नत आफु सपाङ्ग,’उनले भने,‘अपाङ्ग खुट्टाको उपचारको लागि कहिँ कतै उपचार खर्च जुट्छ कि भनेर गिट्टि कुट्दै बसेको छु ।’
लोग्या, कलम,उमेश र पवन एक प्रतिनिधि बालवालिका मात्र हुन् । उनीजस्तै कैयौँ बालवालिका गाउँका मेट अभिभावकसँगै विद्यालय छाडेर भारत जान्छन् । लामो समय उतै बसेर कसैले जिन्दगी सर्पाछन् त कसैले जिन्दगी नै ध्वस्त पार्छन् ।
३० हजार बालवालिका विद्यालयको पहुँचमा छैनन्
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले दिएको जानकारी अनुसार ३० हजार बालवालिका विद्यालयको पहुँचमा छैनन् । विद्यालय बाहिर छन् । त्यसमध्य ६ प्रतिशत बालवालिका अभिभावकसँग भारत जाने गरेको तथ्यांक छ ।सामाजिक विकास मन्त्रालयका राष्ट्रिय बालअधिकार परिषद समनवय अधिकृत डम्बर रोकायाका अनुसार नेपाल श्रमशक्ति सर्भेक्षण २०१७÷१८ को तथ्यांक अनुसार करिब ३० हजार बालवालिका विद्यालय बाहिर रहेको बताउँछन् ।
उनका अनुसार ६ प्रतिशत बालवालिका श्रमका लागि भारत जाने गरेका छन् । ‘नेपाल श्रमशक्ति सर्भेक्षण २०१७/१८ को सर्भेक्षण अनुसार नेपालभरिबाट १० लाख ८१ ह्जार करिब १५.३ प्रतिशत बालवालिका बालश्रममा जोडिएका छन्,’रोकायाले भने,‘यस भित्रदेखि हेर्दा नेपालका अन्य प्रदेशको तुलनामा कर्णालीमा २४.६ प्रतिशत बालवालिका बालश्रम गरिरहेका छन् ।